You are viewing the translated version of अनिबार्य जगेडा कोष.

Section 13
अनिबार्य जगेडा कोष
(१) ऐनको दफा ३९ को उपदफा (२) को खण्ड (क) बमोजिम जीवन बीमा व्यवसाय गर्ने बीमकले अनिवार्य जगेडा कोषमा कायम गर्नु पर्ने रकम जीवन बीमा कोष खडा गरी सोही कोषमा राख्नु पर्नेछ।

(२) कुनै एक प्रकारको बीमा (पोर्टफोलियो) को जीवन बीमा कोषबाट अर्को प्रकारको बीमा (पोर्टफोलियो) को जीवन बीमा कोषमा रकम सार्न वा सो कोषबाट दायित्व व्यहोर्न पाइने छैन।

(३) बीमकले ऐनको दफा ३९ को उपदफा (२) को खण्ड (ग) बमोजिमको रकम छुट्टै खडा गरिएकोविशेष- जगेडा कोषमा राख्नु पर्नेछ।